बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समृद्धि फाइनान्सका ग्राहकहरुलाई क्यापिटल हस्पिटलमा छुट

बिहिबार, असार २० २०८१

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले क्यापिटल हस्पिटल प्रा.लि. बागबजार, काठमाण्डौ सँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले मिति २०८१/०३/१२ देखि २०८३/०३/११ गते सम्म समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल प्रा.लि बागबजार, काठमाण्डामा.स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ।

सम्झौंतामा फाइनान्सका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटल प्रा.लि.बाट अर्थोपेडिक (अपरेशन÷प्रक्रिया शुल्क), स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क) र सामान्य शल्यक्रिया (अपरेशन/प्रक्रिया शुल्क) मा १० प्रतिशत छुट पाउने छन् । यसैगरी अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने फाईनान्सले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडआदिडिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।