बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओली नेतृत्वको सरकार सत्तापक्षकै कारण ढल्छ कांग्रेस नेता पाण्डेको ठोकुवा

बिहिबार, पुष २६ २०७५

 गोरखा पुस, २६–
नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापक्षले नै ढाल्ने दावी गरेका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले ओली सरकार  आफ्नो पूर्ण कार्यकालसम्म टिक्न नसक्ने ठोकुवा समेत गरेका हुन् ।  अहिलेको सरकारसँग सत्तापक्षकै सांसदहरु रुष्ट रहेको भन्दै नेता पाण्डेले वहुमतको नाममा सरकारले मनपरी गरिरहेको बताए ।  उनले भने, ‘हामी प्रतिपक्ष दल मात्र होइन, सत्तापक्षहरु नै रुष्ट छन्, हामी प्रतिपक्षले नसके पनि सत्ता पक्ष आफैले सरकार ढाल्छन् ।’

कतिपय अनियमिततामा सरकार आफै साक्षी बसेको नेता पाण्डेको आरोप छ । निर्मला हत्याकाण्डको दोषीलाई अहिलेसम्म कारवाही गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको बताएका छन् ।

राष्ट्रियसभामा विपक्षी दलका नेतासमेत रहेका पाण्डेले डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार चिकित्सा विधेयक ल्याउनुपर्ने बताए ।