बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

२९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले चियापान आयोजना गर्ने

बिहिबार, पुष २६ २०७५

काठमाडौं पुस, २६–
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले  चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले सधैंको वर्ष झैं यसपटक पनि पौष २७ गते चियापान समारोहको आयोजना गरेको हो ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने चियापानका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि दश हजार कार्ड वितरण गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । 

अपरान्ह एक बजेदेखि तीन बजेसम्म हुने चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ ।

राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग मागसमेत गरेको छ । राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।