बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय गौरवका आयोजनाको दुःखी प्रगति

मंगलबार, पुष २४ २०७५

काठमाडौं पुस, २४–
अन्तर्राष्ट्रिय अभ्यासमा ठूला पूर्वाधार आयोजना निर्माण थाल्नुअघि पूर्वतयारी गरिन्छ र तोकिएको समयमा सम्पन्न गर्ने परिपाटी छ ।

अधिकांश आयोजना ३ देखि ५ वर्षभित्र सकिन्छ । कारणवश ढिला भए ६ देखि ८ वर्षभित्र पूरा गर्ने प्रचलन छ । तर, नेपालको अनुभव अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दैन ।

अधिकांश आयोजनालाई राष्ट्रिय गौरवको नाम दिएर समयमै र तोकिएकै लागतभित्र पूरा गर्ने भनिएको ७ वर्ष पुगिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सरकारको सबैभन्दा बढी निगरानी र अनुगमनमा पर्ने गरेका छन् । संसदीय समितिहरूमा धेरैपटक छलफलको एजेन्डा बनेका छन् । सरकारले आयोजनालाई आवश्यक पर्ने स्रोतको सुनिश्चितता गरेको छ ।

तर, आयोजना पूरा नभएका मात्रै होइनन्, प्रगति लज्जाजनक देखिन्छ । आयोजनाहरूको लागत प्रत्येक वर्ष वृद्धि भइरहेको छ भने आयोजना सम्पन्न हुने अवधि ११ वर्षसम्म लम्बिएको छ ।

सबैभन्दा चिन्ताको विषय त आयोजना अझै पनि तोकिएकै समयमा पूरा हुन्छ भनेर आश्वस्त हुने ठाउँ छैन । पश्चिम सेती, बुढीगण्डकीजस्ता आयोजना सुरु नै हुन सकेका छैनन् ।