बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बम्जनको सिन्धुपाल्चोक आश्रमपछि सिन्धुलीतर्फ जाने प्रहरी तयारी

मंगलबार, पुष २४ २०७५

काठमाडौं पुस, २४–
 ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको अनुसन्धान हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ केन्द्रीत गरिने भएको हो ।