बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से छ दशमलव ६७ अंकले बढ्यो

सोमबार, पुष २३ २०७५

काठमाडौं पुस, २३–
अघिल्लो घटेको नेप्से आज सोमबार भने बढेको छ । नेप्से आज छ दशमलव ६७ अंकले बढेर ११ सय ७७ दशमलव ४६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ३७ अंकले बढेर दुुई सय ४९ दशमलव ९३ अंकमा पुुगेको छ । आज एक सय ४८ कम्पनीहरुको तीन हजार ९३ वटा कारोबारमा नौ लाख १४ हजार दुुई सय ३९ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३० करोड १९ लाख ८७ हजार छ सय १६ रुपैयाँ पुुगेको छ । 
आज १० वटा समुहको कारोबार भएकोमा उत्पादमुुलक र अन्य समुहले गुुमाए पनि बाँकी आठ वटा समुहले भने कमाएका छन् । वाणिज्य बैंक समुहको सुचक चार दशमलव ६४ अंकले बढेर एक हजार १३ दशमलव २४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १९ करोड दुुई लाख २० हजार रुपैयाँ पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि पाँच दशमलव ३७ अंकले बढेर १२ सय दशमलव ३४ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम ७३ लाख ९३ हजार सात सय २० रुपैयाँ पुुगेको छ ।  निर्जिवन बीमा समुुहको सुचक पनि ८२ दशमलव ८८ अंकले बढेर पाँच हजार छ सय ८७ दशमलव ३७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम सात करोड ५६ लाख ६४ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक, जीवन बीमा, होटल, फाईनान्स र लघुबित्त समुहको सुचक पनि बढेका छन् ।  
कमाउने कम्पनीहरुको सुचीमा आज हाथ्वे फाईनान्स, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी लगायतका संस्थाहरु परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा किसान माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था, मेरो माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, एनसीसी बैंक लगायतका कम्पनीहरु परेका छन् ।