काठमाडौं पुुुस, २३–
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ । यो सुविधाबाट नेपाली तथा गैर आवासीय नेपाली नागरिकले देश र विदेशका कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइटमा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सक्नेछन् ।
यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वा ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ । बैंकले हाल देशभर एक सय २९ वटा शाखा (तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, एक सय ४१ वटा एटिएम र ११ सय भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।