बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललीतपुरको अनुगमन

आइतबार, असार ९ २०८१

ललितपुर । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सुक्रवार नापी कार्यालय ललीतपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरोन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसंग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी सुक्रवार दिँउसो नापी कार्यालय ललीतपुरको लगनखेलस्थीत कार्यालय पुगेका थिए।

कार्यालय प्रमुख, कर्मचारीहरु र सेवाग्राहीसंग छलफल गदैं मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधिसंग जोड्न, कार्यालयबाट प्रवाह हुने सेवा सुबिधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधिभित्र रहेर कार्यसम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनसक्तिको अधिकत्म प्रयोग गर्न निर्देशन दिए । कार्यालयमा रहेका अभिलेखहरुको संरक्षण गर्नु कर्मचारीहरुको दायित्व रहेको मन्त्री अधिकारीको भनाई छ।