बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा एक अर्ब ४८ करोड रुपैयाँ राख्ने

बिहिबार, पुष १९ २०७५

काठमाडौं पुुस, १९–
नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीम एक अर्ब ४८ करोड ३५ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार यही माघ २ गते देखि २०७६ पुुस २९ गतेसम्मको लागि वाणिज्य बैकहरुमा एक अर्ब १८ करोड ६८  लाख, बिकास बैंकहरुमा २२ करोड २५  लाख र फाईनान्स कम्पनीहरुमा सात करोड ४२ लाख रुपैयाँ रहेको छ । 
रकम लगानीको लागि यही पुुस २२ गतेसम्म लगानी गर्न चाहेको रकम र व्याज समेत तोकेर राष्ट्र बैकमा आवेदन दिनुु पर्ने छ । यसको लागि बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।