बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मूलुक अब समाजवादी क्रान्तिको नयाँ बाटोमाः प्रचण्ड

सोमबार, पुष १६ २०७५

काठमाडौं पुस, १६–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूलुक समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन् । सोमबार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट बिद्रोह गरी आएका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अब समृद्धिको बाटो हुँदै मूलक समाजवादतर्फ जान लागेको बताएका हुन् ।  विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए ।
कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईलगायत २२ जना नेता तथा कार्यकर्तालाई प्रचण्डले आफू नेतृत्वको नेकपामा स्वागत गरेका थिए ।