काठमाौं पुुस, १५–
तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार डुम्रे, तनहुँमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आ.व. मा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन् ।
२०७४।०३।३० गतेवाट आर्थिक कारोवार सुरु गरेको यस संस्थाले गत मंसिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९,१२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।
साधारण सभाकै अवसरमा संस्थामा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयका शाखा प्रमुखहरुलाई सम्मानित समेत गरिएको बताइएको छ ।