बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘अन्तराष्ट्रिय अनुसन्धानकर्ता’ बोलाएर भएपनि निर्मलाको हत्यारा पत्ता लगाउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

आइतबार, पुष १५ २०७५

काठमाडौंं पुस, १५–
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले  ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मलाको हत्यारा पत्ता लगाउने वचन दिएका हुन् । नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता दिएका हुन् । नेकपाका नेता योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राखेका हुन् , उनले आवश्यक प¥यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँउने बताएका हुन् । 
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिए ।