काठमाडौं पुस, १३– प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणमा तुरुन्तै छानबिन समिति बनाउने पनि बताए ।
‘प्रतिपक्षले वाइडवडी खरिदका विषयमा सदनमा कुरा उठायो । उहाँहरुले उठाएका विषयमा सम्बोधन गरिन्छ,’ स्थायी समिति सदस्य पेसल खतिवडाले ओलीको उद्धृत गर्दै भने, ‘यो विषयमा तुरुन्तै छानबिन समिति बनाएर सरकारले अनुसन्धान प्रक्रिया सरकारले चाल्छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
ओलीले पार्टी एकता तलसम्म नजाँदा कमजोरी भएको भन्दै त्यसलाई सच्याउने वाचा गरे। नेतृत्वले पार्टीमा एकाधिकार लागेको आरोपको खण्डन ओलीले गरेनन् ।
‘हिजो हामीले दुई नेताबीच छलफल गरेर पार्टी एकता नटुंग्याएको भए एकतै हुँदैनथ्यो,’ ओलीले भने, ‘त्यसरी शीर्ष नेताबीच मात्र छलफल गर्ने बानी परेकोले होला, अहिले गर्दागर्दै पनि त्यस्तै बानी परेको छ। सोधेर गर्नुपथ्र्यो, कतिपय निर्णयहरु। विगततिर नजाऔं, अब छलफल गरेरै काम गरौंला।’