बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरीका ८ एसपी एसएसपीमा बढुवा

बिहिबार, पुष १२ २०७५

काठमाडौं पुस, १२–
 गृह मन्त्रालयले सशस्त्र प्रहरीका ८ जना  प्रहरी उपरीक्षकलाई बरिष्ठ प्रहरी उपरीक्षमा बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८  एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवाको सुचीमा परेका एसपीहरुमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन ।