बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गलत शब्द राखेर प्रेस विज्ञप्ति पठाउने कर्मचारीलाई कारबाही हुन्छः परराष्ट्र मन्त्री

बिहिबार, पुष १२ २०७५

काठमाडौं पुस, १२–
इन्डोनेसियाका राष्ट्रपतिलाई पठाएको शोक सन्देशबारे गलत शब्द राखेर प्रेस विज्ञप्ति पठाउने कर्मचारीलाई कारबाही हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति 
बिहीबार विज्ञप्ति जारी गर्दै  गल्तीबारे अधिकारीहरूसँग स्पष्टीकरण मागिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिनेछ ।’  यसअघि बुधबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोलाई पठाएको शोक सन्देशमा बधाई भन्ने शब्द राखेर परराष्ट्रले विज्ञप्ति पठाएको थियो।

राष्ट्रपति भण्डारीले सुनामीबाट भएको जनधनको क्षतिप्रति शोक सन्देश पठाएकी थिइन्। विज्ञप्तिमा भएको गल्तीबारे परराष्ट्रले माफी मागेको थियो।