बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आपराधिक विश्वासघात गरेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

सोमबार, जेष्ठ २१ २०८१

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा थापा पक्राउ परेका हुन्।

काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । थापालाई आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीमा प्रसाद-२ का निर्माता बस्नेतले आफ्नो अनुमती र मन्जुरी बिना नै स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी  एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्‍याएको उल्लेख छ।