काठमाडौं पुस, ११–
कर्मचारी समायोजनबारे कडा सुरक्षाबीच सिंहदरबारमा पत्रकार सम्मेलन सुरु भएको छ । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भएको हो ।
डीएसपी अजय केसीको नेतृत्वमा करिब आधा दर्जन बढी प्रहरीले पत्रकार सम्मेलनको सुरक्षा दिईरहेका छन् । सम्मेलनमा मन्त्री लालबाबु पण्डित, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको छ ।