बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पौडी खेल्ने क्रममा नदिमा डुवेर वेपत्ता भएका बालकको शव फेला

शुक्रबार, जेष्ठ १८ २०८१

काठमाडौं । कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले जेठ १७ गते बिहान करीव पौने १० बजे फेला पारेको छ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ बर्षिय हिक्मत बम नदिमा पौडी खेल्ने क्रममा यहि जेठ १५ गते डुवेर बेपत्ता भएका थिए।

बेपत्ता बालकको शव खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।