शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो आज ?

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा एकैपटक दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन एक लाख ३९ हजार आठ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।