काठमाडौं, पुस ६
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन ।
सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेकाछन । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र छ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र दुई वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय २७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।