बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एपीएफ टोलीद्वारा चौरी पैठारीका दुई लाख रुपैयाँ भन्दा बढीको सामान बरामद

शुक्रबार, पुष ६ २०७५

काठमाडौं, पुस ६ 
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ भगुवा ईलाकाबाट पुस ६ गते एपीएफ टोलीले करीब दुई लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपकडा बरामद गरेको छ । 
अवैधरुपले भारतबाट नेपालतर्फ ल्याउै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग गरिएको बीआर ०५ एम ५३७९ नम्बरको भारतीय मोटरसाइकल र तीन वटा साइकल समेत बरामद गरेको छ । यसैगरी सोही गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुदेश राईको कमाण्डमा खटिएको एपीएफ टोलीले बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिद्युतीय सामान बरामद गरेको छ ।
बिद्युत पावर हाउसमा प्रयोग हुने एक थान एक्स्टोम भारतबाट अवैध रुपले लिएर आउँदै गरेका व्यक्ति गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान सोही ठाउँमा छाडी फरार भएका थिए ।  यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १० क्याम्पसरोड ईलाकाबाट पुस ५ गते एपीएफ टोलीले करीब १ लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रंगिन फोटो प्रिन्टर ३ वटा, कार्टिज २० वटा र रंगिन मसि ६ बोतल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा बाँके नम्बर ४० गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक निराकारनाथ शुक्लाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको एपीएफ टोलीले जानकारी दिएको छ ।