काठमाडौं पुुस, ४–
गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आ.व. २०७४—०७५ सम्मको संचित मुनाफाबाट चुक्ता पूजीको १४ दशमलव २० प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त नगद लाभांश बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ । बैंकले आफ्नो स्थापनाकालदेखि नै सेयरधनिहरुलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।
बैंकले सात वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेची देखी पश्चिम महाकाली सम्म र ग्रामीण एवम नगर क्षेत्रमा शाखा सञ्जाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिएिस, एटिम, सि—आस्वा मोवाइल् बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
बैंकले आ.व. २०७५—०७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।