बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसका ११ भाइले बुझाए सभापति देउवालाई यस्तो प्रस्ताव, अब के गर्लान देउवाले ?

बुधबार, पुष ४ २०७५

काठमाडौं पुस, ४–
नेपाली कांग्रेसका ११महासमिति सदस्यले पार्टी सभापति शेरबहादुर देउवालाई आर्थिक राजनीतिक प्रस्ताव बुझाएका छन् ।  काठमाडौंमा जारी महासमिति बैठकमा सहभागी उनीहरुले 
महासमिति बैठकका छलफल गर्न भन्दै सभापतिलाई उक्त प्रस्ताव पेश गरेको बताएका छन् । 
उनीहरूले कांग्रेसलाई पुनः सशक्त पार्टीको रूपमा लैजान महासमिति बैठकले गुटगत राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अत्यन्त संवेदनशील र कठोर निर्णय लिनुपर्ने प्रष्ट पारे । त्यसरी प्रस्ताव पेश गर्ने महासमिति सदस्यहरूमा सुवासकुमार पोखरेल(खोटाङ), दीपक खड्का (संखुवासभा), राजीवविक्रम शाह (जाजरकोट), भरत खड्का (डोटी), उमेशजंग रायमाझी (भोजपुर), विनोद कायस्थ (भक्तपुर),  रमेशकुमार महत (नुवाकोट), रञ्जित कर्ण (सप्तरी), नवराज गुरूङ (पर्वत), निरञ्जन सिजापति (बाँके), चिरञ्जिवी थापा (जनसम्पर्क समिति जापान) रहेका छन्।
पार्टीमा विगतमा भएका राजनीतिक  घटनाक्रमको समीक्षा, आगामी दिनमा कांग्रेसले लिने आर्थिक नीति र  पार्टी सदस्यतालगायतका विषयमा छलफल गर्नु पर्ने उनीहरूको माग छ।