बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६ अर्ब ९० करोड बराबरको हतियार खरिद गर्ने तयारीमा नेपाली सेना

बुधबार, पुष ४ २०७५

४ पुस, काठमाडौं–
 यो बर्ष सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ । 

सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी रहेको खबर आजको नयाँ पत्रिकामा छ । 

ती हतियार भारतबाट खरिद हुनेछैन । व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याईएको रक्षा मन्त्रालयले जनाएको छ । 

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट बिनियोजन भएको छ ।