बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘छोड्नुपरे मुख्यमन्त्री छाडिन्छ तर, राजनीतिक जिम्मेवारी छाडिन्न’: शंकर पोखरेल

मंगलबार, पुष ३ २०७५

काठमाडौं पुस, ३–
नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री  शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्नेबताएका छन् । नेता पोखरेलले  मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै बरु  मुख्यमन्त्रीको जिम्मेवारीबाट हट्ने तर, राजनीतिक जिम्मेवारी नछाड्ने प्रष्ट पारे । 

पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका छन् । उनले भनेका छन्, ‘बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’ पोखरेल दाङ २ को ‘क’बाट प्रदेशसभा सदस्य बनेका थिए ।