बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तुलसी गिरीको अन्त्येष्टि भोलि गरिने

मंगलबार, पुष ३ २०७५

काठमाडौं पुस, ३–
 आज निधन भएका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ  डा. तुलसी गिरीको अन्त्येष्टि भोलि मात्रै गरिने भएको छ । उनको अन्त्येष्टि भोलि दिउँसो ३ बजे पशुपतिको शवदाह गृहमा  गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।  निधनअघि गिरीले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न भनेकाले त्यही अनुरुप गर्न लागिएको हो ।
गिरीको पार्थिव शरीरलाई अहिले उनकै बूढानीलकण्ठस्थित निवासमा राखिएको छ । गिरीप्रति अन्तिम श्रद्धाञ्जली दिन विभिन्न व्यक्तिहरु उनको निवासमा पुगेका छन् ।