बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसमा विधानमा सहमति जुटेन, अब सहमति जुटाउने जिम्मा देउवा र पौडेललाई

शुक्रबार, मंसिर २८ २०७५

काठमाडौं मंसिर, २८–
 संशोधित विधानमा सहमति जुट्न नसकेपछि कांग्रेसले त्यसको जिम्मेवारी शीर्ष नेताहरुलाई दिएको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमा लामो छलफल हुँदा पनि सहमति नजुटेपछि शीर्ष नेतालाई जिम्मा दिइएको हो ।

समितिले फरक मतसहित पेश भएको प्रतिवेदनमाथि सहमति जुटाउन मंसिर १३ गतेबाट सघन छलफल भएपनि संस्थापन र इतरसमूहबीच विधानलाई आफूअनकुल अन्तिम रुप दिने जुहारी चल्दा सहमति हुन सकेको छैन । केन्द्रीय कार्यसमितिले आज साँझसम्म सहमतिको वातावरण बनाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिएको छ ।

संस्थापन इतरको समूहले पार्टीको सांगठनिक र राजनीतिक प्रतिवेदन संशोधनको गर्न माग गरेका छन् । केन्द्रीय कार्यसमितिमा मंसिर १३ गतेदेखि २७ गतेसम्म छलफल हुँदा पनि सहमतिको वातावरण बनेन । सहमति नजुटेको खण्डमा महासमिति बैठका जस्ताको त्यस्तै पेश गर्ने सम्भावना छ । काँग्रेस महासमिति बैठक आजदेखि काठमाडौँमा बस्दैछ ।