बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

शुक्रबार, मंसिर २८ २०७५

 
काठमाडौं मंसिर, २८– 
सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्डे«न होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ । यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन् जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपर्दाथ दिई आश्रमलाई सहयोग गरेको हो । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्डे«न होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गज्यूलाई हस्तान्तरण गरेका थिए ।