बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच सम्झौता

बिहिबार, मंसिर २७ २०७५

काठमाडौं मंसिर, २७–
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालयमा आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता सँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । 
सम्झौतापत्रमा बैंकका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका थिए  । सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने ब्यहोरा समेत जानकारी गराइएको थियो । हाल यसले ६० बटा शाखा कार्यालय बाट आफ्नो बैंकिङ्ग सेवा दिदैं आएको छ ।