शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गाँजासहित कतार उड्न लागेका युवा विमानस्थलबाटै समातिए

बिहिबार, मंसिर २७ २०७५

२७ मंसिर, काठमाडौं–
गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ । 

नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला प्लाष्टिकमा पोको पारेको अवस्थामा गाँजा भेटिएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।