बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माछापुच्छे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–७ च्याम्पियन

बुधबार, बैशाख २६ २०८१

काठमाडौं । माछापुच्छे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ। मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो। माछापुच्छ्रे«को जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ।