काठमाडौं मंसिर, २४–
प्रहरीले बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए ।
गत साउन १० निर्मला पन्तको बलात्कार पश्चात हत्याको भएपनि दोषीको हालसम्म पहिचान हुन नसकेको छैन । निर्मलाको न्यायका लागि भन्दै पछिल्लो समय दिनहुँ धर्ना र विरोध प्रदर्शन हुने गरेका छन् ।
निर्मला हत्याको विषयमा हाल प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।