शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रकाश सपुतले गरे चलचित्र ‘वसन्त’ निर्माणको घोषणा

सोमबार, बैशाख २४ २०८१

काठमाडौं । चलचित्र ‘वसन्त’को निर्माणको घोषणा गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको घोषणा गरिएको हो । गायनमार्फत लोकप्रिय बनेका प्रकाश सपुतले यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

कार्यक्रममा प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका थिए ।

‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयंले अभिनय गर्ने बताइएको छ । उनको अपोजिटमा स्वस्तिमा खड्का रहनेछिन् । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

चलचित्रमा प्रकाशकै निर्देशन, लेखन र संगीत रहनेछ । चलचित्र आउँदो चैते दशैँमा सिनेमाघरमा ल्याउने प्रकाशले बताए । गलबन्दी प्रमेडक्सनको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

प्रकाशले चलचित्र ‘परदेशी(२’ मा अभिनय गरेका थिए। सोही चलचित्रबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको प्रकाशको भनाइ थियो । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उनको विश्वास छ । प्रकाशले यो चलचित्रको छायांकनअगाडि ‘पूर्णबहादुरको सारंगी’मा अभिनय गर्नेछन् ।