बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिनासकारी महाभूकम्पलाई यसरी सम्झायो ‘कथा ७२’ को गीतले (भिडियो)

सोमबार, मंसिर २४ २०७५

काठमाडौँ मंसिर, २४–
मंसिर २८ गते प्रदर्शनमा आउने चलचित्र कथा ७२ मा समाबेश चलचित्रको गीत सार्वजनिक गरिएको छ । आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारीको अभिनय रहेको चलचित्रको सार्वजनिक गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ । गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ । भूकम्पको कथामा बनेको चलचित्रले एउटा यात्राको कथा बोकेको छ । आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको चलचित्रलाइ प्रविन स्यांग्बोले लेखन तथा निर्देशन गरेका हुन् । 
गीत हेर्नुसः