बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रसुवामा २ किलो सुनसहित एकजना पक्राउ

सोमबार, मंसिर २४ २०७५

रसुवा मंसिर, २४–
प्रहरीले २ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । रसुवा प्रहरीले रसुवाको धुन्चेबाट  उक्त सुनसहित  निमा दोर्जे तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङले जानकारी गराए ।   जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका  तामाङ पक्राउ परेका हुन् । 
डीएसपी तामाङका अनुसार स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना.१ज. ६१७६ को टाटासुमोमा सवार यात्रु  दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको सुन बरामद भएपछि प्रहरीले अहिले थप अनुसन्धान थालेको डीएसपी तामाङले जानकारी गराए ।