शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

आइतबार, बैशाख २३ २०८१

काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।

डिभीका लागि नेपालबाट बर्सेनि हजारौँले फाराम भर्ने गरेका छन् ।

डिभीको नतिजा dvprogram.state.gov/ESC/  मा गई  हेर्न सकिन्छ ।

ईडीभी नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

साथै डीभी परेकालाई कुनै मेल तथा फोन नगरिने पनि दूतावासले जानकारी दिइएको छ ।