काठमाडौं मंसिर, २३–
नागरिक समाजका अगुवाहरुले भ्रष्टाचारविरुद्ध शून्य शहनशीलताको नीतिलाई सशक्त रुपमा कार्यन्वयन गर्न माग गरेका छन् उनीहरुले उक्त मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
आइतबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यप्रसाद उपाध्ययासहितको समूहले सिंहदरवारमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ध्यानाकषर्ण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा मुलुकमा भ्रष्टाचार नियन्त्रणमा भएका प्रयास अपर्याप्त भएको भन्दै तत्काल आवाश्यक कानुन बनाएर अघि बढ्न सुझाव दिइएको छ ।