कैलाली मंसिर, २१–
एक युवकले चिर्पटले हानेर आफ्नै बुवा र ठूलो बुवाको हत्या गरेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका २१ वर्षीय जहरसिंह चौधरीले शुक्रबार बिहान काठको चिर्पटले हानेर आफ्नै बुवा र ठूलो बुवाको हत्या गरेका हुन् । उनको प्रहारबाट ५५ वर्षीय बुवा चंख चौधरी र करीब ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीले हानेको चिर्पटले लागेर उनकी आमा पनि घाइते भएकी छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। हत्याको कारण भने खुल्न सकेको छैन।प्रहरीले हत्या गर्ने जहरसिंहलाई शुक्रबार नै पक्राउ गरेर थप अनुसन्धान थालेको छ।