बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच लगानी सम्मेलनमा सम्झौता

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको हो ।
सम्झौतामा एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरेका हुन । कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसंग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतमप्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली छ अर्ब बराबर रहेको छ ।
सम्झौता पत्रमा नेपाल भित्रल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको कम्पनीले जानकारी दिएको छ ।