काठमाडौं मंसिर, २०–
माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरलका तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।