काठमाडौं मंसिर, १८–
ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षमा आर्जन गरोको खुुद मुनाफा मध्येबाट उक्त अनुुपातमा लाभांस वितरण गर्ने घोषणा गरेको हो । बैकले गत आवमा दुुई अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंक संचालक समितिको मंगलबार बसेको तीन सय सातौं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७४—००७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश ( बोनश सेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले भारत, अष्ट्रेलिय र बेलायतमा प्रतिनिध कार्यालय खोली कार्य गर्दै आएको छ ।
एक खर्ब १३ अर्व निक्षेप, एक खर्ब दुुई अर्ब रुपैयाँ कर्जा लगानी रहेको बैंकको हाल एक सय ३२ वटा शाखाहरु, १५ वटा राजश्व संकलन काउण्टर, एक सय ४१ एटिएम, छ वटा एक्सटेन्सन काउण्टर तथा एक सय चार वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।