शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चलचित्र ‘एक्टर’को शुभमुहूर्त

बुधबार, बैशाख १२ २०८१

काठमाडौं । चलचित्र ‘एक्टर’को शुभमुहूर्त गरिएको छ ।

मंगलबार कार्यविनायक मन्दिर भैँसेपाटीमा वैदिक विधिबाट पूजापाठ गर्दै राजन भुसालको निर्देशन रहने चलचित्र ‘एक्टर’को शुभमुहूर्त गरिएको हो ।

शुभमुहूत समारोहमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव लगायतको सहभागिता थियो । चलचित्रमा अभिनेता राजवल्लभ कोइरालाको पनि अभिनय रहनेछ ।

यो चलचित्र थमनकुमार भण्डारीको लगानीमा निर्माण हुन लागेको हो ।

अदृत फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । नरेन्द्र मैनालीको छायांकन रहने यो चलचित्रलाई कात्तिक १५ गते लक्ष्मीपूजामा सिनेमाघरमा ल्याउने निर्माणपक्षले जनाएको छ ।