बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालिका बलात्कारीलाई आठ वर्ष कैद सजाय, पीडितलाई ३० हजार क्षतिपूर्ति

बिहिबार, मंसिर १३ २०७५

गुल्मी मंसिर, १३–
 ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा गुल्मीमा ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।   न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले इश्मा गाउँपालिका २ का  कार्कीलाई ८ बर्ष कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको  हो । 

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।