बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस सभापतिहरुको उदघोषः ‘निर्मलाको हत्यारालाई कानूनी दायरामा नल्याए आन्दोलनको आँधिवेहेरी ल्याउछौं’

बिहिबार, मंसिर १३ २०७५

काठमाडौं मंसिर, १३–
बिहिबारदेखि नुवाकोटको ककनीमा चलिरहेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज सकिदैँछ । उक्त भेलाले अन्य राजनीतिक निर्णयसँगै  बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन आन्दोलनको आँधेवेहीरी ल्याउने समेत निर्णय गरेको छ । उक्त भेलामा अहिलेसम्म पनि सरकारले हत्यारा  पत्ता नलगाएर  बेइज्जत गरेको निष्कर्ष समेत निकालेको छ । सभापतिहरुको भेलाले निर्मलाको  हत्यारा पत्ता लगाएर कारबाहीको दायरमा दायरामा ल्याउन सरकारलाई लिखित अल्टिमेटम दिने निर्णय समेत गरेको छ । हत्यारालाई कानूनी कारबाहीको दायरामा नल्याए देशैभर आन्दोलनको आधिबेहेरी ल्याउने कांग्रेस जिल्ला सभापतिहरुले उदघोष् समेत गरेका छन् ।  कांग्रेस सोलुका सभापति बिनोद बस्नेतका अनुसार भेलामा वर्तमान सरकारका कामकारबाहीका बारेमा समेत व्यापक छलफल भएको थियो । 
त्यस्तै,  भेलाले हेटौंडामा सम्पन्न जिल्ला  सभापतिहरुको अघिल्लो भेलाले दिएका सुझावहरु कांग्रेसको बिधानमा समेट्न पनि कांग्रेस केन्द्रीय समितिलाई दवाव दिने निर्णय गरेको छ । 
नेपाली कांग्रेसलाई वर्तमान समय सन्दर्भ सँगै रुपान्तरण गर्नु पर्ने आवश्यकतालाई ख्याल गर्दै भेलामा कांग्रेसको आसन्न महासमिती बैठकमा छलफल हुने राजनीतिक र आर्थिक प्रस्तावहरुकाबारेमा पनि सभापतिहरुले विशेष चासो रोखेको सभापति बस्नेतको भनाइ छ ।