१३ मंसिर काठमाडौं–आगोले जलेर शिवसताक्षी नगरपालिका ७ मा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो ।
घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे । मेयर चन्द्रकुमार शेर्मा यही वर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् ।
उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुखर खरिद गरेका छन् ।
लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएके बताए ।