बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजपाको विवाद उत्कर्षमा, ठाकुरपक्षले बोलाएको बैठक एकाएक स्थगित

सोमबार, मंसिर १० २०७५

काठमाडौं मंसिर, १०–
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो नयाँ संयोजक बनाएसँगै राजपामा विवाद उत्कर्षमा पुगेको छ । राजपा नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ ।
पार्टीमा विवाद चुलिएकै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले छुट्टै बैठक बोलाएको थियो ।  राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको सक्रियतामा बैठक बोलाइएको  थियो । 

तर, उनै लालले विजुलीवजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा विहान ११ बजे बोलाइएको बैठक स्थगित भएको भन्दै नेताहरुलाई फोन गरेर जानकारी गराएको राजपानिकट स्रोतले जनाएको छ । 
यसबारे उपाध्यक्ष लाले बृहद् रुपमा छलफल गर्न लागेको तर गुटको भेला भन्दै गलत प्रचार भएकाले तत्कालका लागि बैठक स्थगित गरिएको प्रतिक्रिया दिए ।