बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किष्ट बैंक घोटाला प्रकरणः बैंङ्किङ कसुरको अभियोगमा दुई वरिष्ठ अधिकृत घर्ती र श्रेष्ठ पक्राउ

शुक्रबार, मंसिर ७ २०७५

काठमाडौं मंसिर, ७–
किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)ले बैंक कसुर अभियोगमा घर्तीलाई पक्राउ गरेको हो ।  
पक्राउ परेका  घर्तीलाई हिरासतमा राखिएको छ भने  भने बिरामी भएको नाटक गर्दै श्रेष्ठ अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ । 
बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परिसकेका छन्। ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो।

सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको थियो।