बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मेगा बैंकद्वारा सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

बिहिबार, मंसिर ६ २०७५

काठमाडौं मंसिर, ६–
मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि अटोमेटेड एक्सर्टनल डेफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । 
मेशिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गरेका थिए  । सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गरेका थिए । 
विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पु¥याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुको मुटुको चाल संचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्न सो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।