बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस नेता प्रकाश सिंह कार्की अमेरिकाका विभिन्न कार्यक्रममा सक्रिय

मंगलबार, मंसिर ४ २०७५

काठमाडौं मंसिर, ४–
नेपाली कांग्रेसका नेता तथा व्यवसायी प्रकाश सिंह कार्की यतिबेला अमेरिका भ्रमणमा रहेका छन् । उनी अमेरिकामा पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सरिक हुँदै आएका छन् । सोलुखुम्बुका नेता कार्कीले अमेरिकामा नेपाली कांग्रेस सोलुखुम्बुको न्यूयोर्क सम्पर्क समितिले न्यूयोर्कमा नेपाली कांग्रेस सोलुखुम्बुको बारेमा आयोजना गरेको छलफल कार्यक्रममा पनि सहभागीता जनाएका छन् । 
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपध्यक्ष तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहाकार  मिङमार शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका कार्की प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।  उक्त कार्यक्रममा बोल्दै नेता कार्कीले नेपाली कांग्रेस सोलुखुम्बुमा पुनर्जागरण ल्याउदै  कांग्रेसको नेतृत्वमा जिल्लाको विकास  निर्माण र रोजगारी सिर्जना गर्ने उद्घोष गरे । उनले  जनाताको आशा र भरोशा कायम गर्न अमेरिकामा रहेका सबै पुराना कांग्रेस नेता कार्यकार्ताहरुलाई जिल्ला फर्कन समेत आग्रह गरे  । नेता कार्कीले जन्मभूमिप्रतिको दायित्व सबैले पुरा गर्नु पर्ने भन्दै नेपाली कांग्रेस पार्टी र समग्र जिल्लाले सबैकोसाथ खोजेकोमा जोड दिए । उनले भने, ‘यतिबेला पार्टीका लागि सबैले आ–आफ्नो दायित्व पूरा गर्ने समय आएको छ ।’

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लहाकार तथा लुम्बिनी बिकास कोषका पूर्व  सदस्य आङ दावा शेर्पा, नेपाली जनसम्पर्क समिति विश्व संजालका अध्यक्ष  विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्, शेर्पा किदूक अमेरिकाका महासचिव टेण्डी शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बु सल्लेरी गाविसका पूर्व अध्यक्ष रिन्जी पासाङ लामा, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको महासचिव अमर तमाङ, शेर्पा पत्रकार आङ छिरीङ शेर्पा लगायतको सहभागीता रहेको थियो ।  

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका विभिन्न तह र जिम्मेवारिमा  रहेर काम गरेका र हाल जनसम्पर्क समिती अमेरिकामा आवद्द नेता कार्यकर्ताको उपस्थिति रहेको थयो । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका कोषध्यक्ष एवम नेपाली कांग्रेस सोलुखुम्बुका नेता बिजय कुमार थुलुंगले कार्यक्रममा सहभागी हरुलाई स्वागत गरेका थिए । 

उक्त कार्यक्रमका वक्ताहरुले नेपाली  कांग्रेस सोलुखुम्बु लामो समयसम्म नेताहरुको राजनीतिक विवाद, असहिष्णु, चरम गुट्बन्दी र घर झगडाले आक्रन्त बनेकोमा चिन्ता व्यक्त गरेका थिए ।  उनीहरुले जिल्लामा कांग्रेस  नयाँ ढङ्गले जानुको विकल्प नभएको भन्दै कांग्रेस सोलुखुम्बुको सुधारका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका थिए ।  लामो समय समाज सेवामा रहेर निर्विवाद छवि बनाउन सफल नेता कार्कीको सकृयताले आफूहरुलाई उत्साह थपिएको भन्दै कार्कीको सकृयता महत्वपूर्ण सावित हुने उनीहरुको विश्वास थियो ।