काठमाडौं मंसिर, ४–
राजधानीको बानियाँटारस्थित एक घरमा छापा मारी प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ । सोमबार राती प्रहरीले महेन्द्र मगरले आफ्नै घरमा सञ्चालन गरेको जुवा खालबाट ७ लाख १५ हजार नगदसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरी इस्पेक्टर मोहनविक्रम केसीको कमाण्डमा गएको प्रहरी टोलीले
जुवा खालबाट टोखा नगरपालिका–८ बस्ने जीवन थापामगर, रमेशबहादुर श्रेष्ठ, शंकर खत्री, टेकेन्द्र कार्की, रविन कार्की, युवराज अधिकारी, रञ्जन ढकाल, हरि जोशी, शिव प्रधान, अविक राई, चितवन स्थायी घर भएका रमेश भुजेल, महेश भुजेल, दिनेश लामा, मोरङका कुलबहादुर दाहाल र गोरखा स्थायी घर भएका सविन गुरुङ लगायतलाई पक्राउ गरेको हो ।
एक बुक तास र १६ थान कौडासहित पक्राउ परेका जुवाडेहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जुवा मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।